त्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गत जारी आजको खेलमा नेपालले पहिलो सफलता हात पारेको छ।
टस हारेर पहिला ब्याटिङ्ग गर्न मैदान उत्रेको पपुवा न्युगिनी (पीएनजी) ले २ रनमै पहिलो विकेट गुमाएको छ।
नेपालका करण केसीले पीएनजीका सेसे बाउलाई शून्य रनमा आउट गरेका हुन्।
पहिलो ओभरको खेल सकिँदा पीएनजी १ विकेटको क्षतिमा ५ रन बनाएर खेलिरहेको छ।
प्रकाशित: ३० फाल्गुन २०८० ११:५३ बुधबार