त्रिकोणात्मक टी–२० आई सिरिजको पहिलो खेल पानी परेपछि रोकिएको छ। खेल पाँच ओभरको समाप्तिमा रोकिएको हो।
हङकङले पाँच ओभरको समाप्तिमा १ विकेट गुमाएर ४३ रन बनाएको छ ।
नेपालका बलर करण केसीले पहिलो बलमै हङकङका मार्टिन कोएत्जीलाई आउट गरेका हुन। करण केसीको बलमा हङकङका मार्टिन कोएत्जी गुल्शन झाबाट क्याच आउट भएका थिए। यो खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको हो । हङकङको मोङ कोकमा यो खेल आज बिहान ११ः१५ बजेबाट भइरहेको थियो।
नेपाली टोलीमा कप्तान रोहित पौडेल, कुशल भुर्तेल, विनोद भण्डारी( विकेट किपर), करन केसी, विवेक यादव, आरिफ शेख, सन्दिप जोरा, गुल्शन झा, अविनाश बोहरा प्रतिस जिसी, लोकेश बम, रसिद खान, सागर ढकाल र आकाश चन्द छन्।
आजबाट नेपाल, पपुवा न्युगिनी र हङकङबीच पूर्व निर्धारित त्रिकोणात्मक टी–२० आई सिरिज हुन लागेको हो। तर, नेपाली टोलीमा दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, आसिफ शेख र सोमपाल कामीलाई यो खेलमा समावेश गरिएको छैन।
शनिवारको एक मात्र फ्रेन्डसिप खेलमा नेपाल हङकङसँग ७३ रनले पराजित भएको थियो। यो खेलमा हङकङले पहिला ब्याटिङ गर्दै नेपालको कमजोर बलिङको खुबै फाइदा उठाएका थियो।
हङकङले कमजोर बलहरुको फाइदा उठाएर आक्रामक ब्याटिङ गर्दै २१२ रन बनाएको थियो।
प्रकाशित: २७ फाल्गुन २०८० १२:०७ आइतबार