खेल

हङकङ विरुद्धको खेलमा टस जितेर पहिला फिल्डिङ गर्दै नेपाल

त्रिकोणात्मक टी–२० आई सिरिजको पहिलो खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ। 

आइतबारबाट हङकङको मोङ कोकमा नेपाल हङकङ विरुद्ध खेल्न लागेको हो। 

नेपाली टोलीमा कप्तान रोहित पौडेल, कुशल भूर्तेल, विनोद भण्डारी( विकेट किपर), करन केसी, विवेक यादव, आरिफ शेख, सन्दिप जोरा, गुल्शन झा, अविनाश बोहरा प्रतिस जिसी, लोकेश बम, रसिद खान, सागर ढकाल र आकाश चन्द छन्।  

आजबाट नेपाल, पपुवा न्युगिनी र हङकङबीच पूर्व निर्धारित त्रिकोणात्मक टी–२० आई सिरिज हुन लागेको हो। तर, नेपाली टोलीमा दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, आसिफ शेख र सोमपाल कामी जस्ता सम्भावनायुक्त खेलाडी समावेश छैनन्।

शनिवारको एक मात्र फ्रेन्डसिप खेलमा नेपाल हङकङसँग ७३ रनले पराजित भएको थियो। यो खेलमा हङकङले पहिला ब्याटिङ गर्दै नेपालको कमजोर बलिङको खुबै फाइदा उठाएका थियो। हङकङले कमजोर बलहरुको फाइदा उठाएर आक्रामण ब्याटिङ  गर्दै २१२ रन बनाएको थियो।

प्रकाशित: २७ फाल्गुन २०८० ११:१४ आइतबार

हङकङ टस जितेर पहिला फिल्डिङ गर्दै नेपाल त्रिकोणात्मक टी–२० आई सिरिज नेपालले