खेल

मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता : नेपाल र हङकङबीच प्रतिस्पर्धा आज

नेपाल र हङकङबीच आज मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता हुँदै छ। खेल बिहान ११ः१५ बजे सुरु हुने छ।

नेपाली क्रिकेट टोली हङकङमा रहेको छ। त्रिकोणात्मक शृङ्खला खेल्नका लागि नेपाली टोली बिहीबार हङकङ गएको हो। नेपाल, हङकङ र पपुवान्युगिनीबीच फागुन २७ देखि त्रिकोणात्मक टी– २० आई शृङ्खला सुरु हुँदै छ । त्यसको पूर्वार्ध खेलका रुपमा नेपालले हङकङसित आज एउटा मैत्रीपूर्ण खेल खेल्न लागेको हो।

त्रिकोणात्मक शृङ्खलामा नेपालले पहिलो खेल फागुन २७ गते  हङकङसँग खेल्ने छ। यस्तै नेपालले फागुन २९ गते पवुवान्युगिनीसँग अर्को खेल खेल्ने छ। फागुन ३० गते त्रिकोणात्मक शृङ्खलाको फाइनल खेल हुने छ।

नेपाली टोलीमा रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, विनोद भण्डारी, गुलशन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, रासद खान, करण केसी, सागर ढकाल, प्रतिश जिसी, लोकेश बम, आकाश चन्द र अविनाश बोहोरा रहेका छन्। –रासस

प्रकाशित: २६ फाल्गुन २०८० ०८:०३ शनिबार

मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता नेपाल र हङकङ त्रिकोणात्मक टी– २० आई शृङ्खला