खेल

योङ स्टार खुला तेक्वान्दो शुक्रबारदेखि

प्रथम योङ स्टार खुला तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ।

कोटेश्वर तेक्वान्दो डोजाङको आयोजना तथा योङ स्टार ग्रुपको सहआयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो। करिब ६ सय खेलाडीले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन्। ग्योरोगी पुरुष/महिलामा समान १३/१३ गरी २६ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक एलिस ठकुरीले जनाएका छन्।

पुम्सेको पुरुष/महिलामा समान २–२ गरी ४ एकल स्पर्धामा खेल हुनेछ। शीर्ष तीन स्थान हात पार्ने टोलीले क्रमशः २५ हजार, १५ हजार र १० हजार रूपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। उत्कृष्ट खेलाडीलाई पनि नगद पुरस्कार दिइने आयोजकले जनाएको छ। दुई दिने प्रतियोगिताका खेलहरू पेप्सीकोलास्थित आयोजकको हलमा हुनेछ।

प्रकाशित: २४ फाल्गुन २०८० ०८:२३ बिहीबार

योङ स्टार खुला तेक्वान्दो शुक्रबारदेखि पेप्सीकोलास्थित आयोजकको हल