खेल

वाफ वुमेन्स च्याम्पियनसिप सेमिफाइनल: नेपालले भोलि लेबनानसँग खेल्ने

वाफ वुमेन्स च्याम्पियनसिपको सेमिफाइनल अन्तर्गत नेपालले भोलि लेबनानसँग खेल्ने भएको छ।

समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको नेपालले समूह ‘ए’ को उपविजेता लेबनानसँग खेल्न लागेको हो। नेपाल र लेबनानबीचको खेल साउदी अरबस्थित प्रिन्स अबदुल्लाह अल फैजल स्टेडियममा खेलिने राति १०ः४५ बजे सुरु हुनेछ।

समूहको अन्तिम खेलमा प्यालेस्टाइनलाई ४–० ले पराजित गर्दै नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो।

जारी प्रतियोगितामा नेपालले आफ्नो सबै खेलमा उत्कृष्ट प्रदर्शन गर्दै आएको छ।  

प्रकाशित: १४ फाल्गुन २०८० ०८:११ सोमबार

वाफ वुमेन्स च्याम्पियनसिप सेमिफाइनल नेपाल लेबनान