खेल

एसिसि वुमेन्स प्रिमियर कपः मलेसियासँग भिड्दै नेपाल

एसीसी वुमन्स प्रिमियर कपको सेमिफाइनल खेलमा नेपालले आज घरेलु टोली मलेसियासँग प्रतिष्पर्धा गर्दैछ।

खेल नेपाली समयअनुसार बिहान ११ः१५ बजे बायोमास ओभलमा शुरु हुनेछ।

खेलको विजेता टोलीले यसै वर्ष हुने महिला एशिया कप टि–२० क्रिकेट प्रतियोगिता खेल्न पाउनेछ।

एशिया कपमा वुमन्स प्रिमियर कपको फाइनलमा पुगेका दुई टोलीसँगै भारत, पाकिस्तान, बंगलादेश र श्रीलंका हुनेछन्। नेपालले क्वाटरफाइनलमा कुवेतलाई ८ विकेटले तथा मलेसियाले जापानलाई १६ रनले हराउँदै सेमिफाइनल खेल्न लागेका हुन्।

प्रकाशित: ४ फाल्गुन २०८० ०८:२९ शुक्रबार

एसीसी वुमन्स प्रिमियर कप सेमिफाइनल खेल नेपाल मलेसिया बायोमास ओभल