खेल

आइसीसी यू–१९ विश्वकपः पाकिस्तानमाथि अस्ट्रेलियाको जित, फाइनलमा भारतसँग खेल्ने

आइसीसी यू– १९ विश्वकप क्रिकेटको फाइनलमा भारत र अस्ट्रेलियाबीच खेल हुने भएको छ।

बिहीवार भएको दोस्रो सेमिफाइनल खेलमा पाकिस्तानलाई १ विकेटले हराउँदै अस्ट्रेलियाले फाइनलको यात्रा तय गरेको हो।

भारतले यसअघि नै दक्षिण अफ्रिकालाई हराएर फाइनलमा स्थान बनाइसकेको छ। दक्षिण अफ्रिकामा जारी खेलमा बिहीवार टस जितेर अस्ट्रेलियाले पाकिस्तानलाई पहिले ब्याटिङको निम्तो दिएको थियो।

पाकिस्तानले निर्धारित ओभरमा सबै विकेट गुमाएर १७९ रन मात्रै बनाउन सक्यो। १८० रनको लक्ष्यसहित मैदान उत्रेको अस्ट्रेलियाले ९ विकेट गुमाएर ५ बल बाँकी रहँदै लक्ष्य पूरा गर्‍याे।

अब प्रतियोगिताको फाइनल खेल ११ फेब्रुअरी आइतबार दिउँसो १ः४५ बजेबाट सुरु हुनेछ।

प्रकाशित: २६ माघ २०८० ०८:५८ शुक्रबार

आइसीसी यू– १९ विश्वकप भारत र अस्ट्रेलिया