खेल

आईसीसी यू १९ विश्वकपः नेपाल आज भारतसँग भिड्दै

आईसीसी यू १९ विश्वकपको सुपर सिक्स अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपाल आज भारतसँग भिड्दै छ। दक्षिण अफ्रिकास्थित माङ्गाउङ ओभलमा हुने आजको खेल नेपाली समय अनुसार दिउँसो १ः४५ मा सुरु हुनेछ।

नेपाल सुपर सिक्समा पुगेर पनि सेमिफाइनल दौडबाट बाहिरिसकेको छ।

सुपर सिक्सको आफ्नो पहिलो खेलमा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भएको थियो।

आजको खेलमा नेपालले जित हात पारेपनि सेमिफाइनलमा पुग्न सक्दैन।

विश्वकपमा नेपाल र भारतबीच हालसम्म दुई खेल भएको छ। दुबै खेलमा नेपाल भारतसँग पराजित भएको छ। सन् २००० मा ८ विकेट र २०१६ मा ७ विकेटले नेपाल भारतसँग पराजित भएको थियो।

प्रकाशित: १९ माघ २०८० ०७:५२ शुक्रबार

आईसीसी यू १९ विश्वकप सुपर सिक्स नेपाल भारत दक्षिण अफ्रिका