खेल

आहा रारा गोल्डकपः सेमिफाइनलमा आज आर्मी र चर्च ब्याइज भिड्दै

२३ औं संस्करणको आहा रारा पोखरा गोल्डकपको दोस्रो तथा अन्तिम सेमिफाइनल खेल आज हुँदैछ। फाइनलमा स्थान सुरक्षित गर्न विभागीय टोली त्रिभुवन आर्मी र चर्च ब्वाइज युनाइटेडबीच भिडन्त हुनेछ।

पोखरा रङ्गशालामा हुने आजको खेल दिउँसो २ः३० बजे सुरु कार्यतालिका रहेको छ।

आजको खेल जित्ने टिमले शनिवार हुने उपाधि खेलमा थ्रस्टारसँग भिड्ने छ। थ्रीस्टारले पहिलो सेमिफाइनल खेलमा जावलाखेललाई १–० ले हराउँदै फाइनलमा स्थान सुरक्षित गरिसकेको छ।

चर्चब्वाइज बाइ पाउँदै सीधै क्वार्टरफाइनलमा प्रवेश गरेको थियो भने चर्च ब्याइजले नेपाल पुलिस क्लबलाई पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको थियो।

प्रकाशित: १८ माघ २०८० ०२:५३ बिहीबार

२३ औं संस्करण आहा रारा पोखरा गोल्डकप सेमिफाइनल फाइनल चर्च ब्वाइज युनाइटेड त्रिभुवन आर्मी