खेल

आइसीसी यू–१९ विश्वकपः नेपालले आज बङ्गलादेशसँग खेल्दै

आइसीसी यू–१९ विश्वकप क्रिकेटको सुपर सिक्सको आफ्नो पहिलो खेलमा नेपालले आज बङ्गलादेशसँग खेल्दै छ।

दक्षिण अफ्रिकाको माङ्गाउङ ओभलमा हुने नेपाल र बङ्गलादेशबीचको खेल दिउँसो १ः४५ बजे सुरु हुनेछ।

आजको खेलमा जित हात पारे पनि नेपालको आगामी यात्रा असम्भव जस्तै छ। कारण, सुपर सिक्समा पुगेको नेपाल अङ्कको हिसाबले पुछारमा रहेको छ। तर, बङ्गलादेशलाई भने  सेमिफाइनलको यात्रा तय गर्न आजको खेलमा नेपाललाई फराकिलो अन्तरले हराउनै पर्ने हुन्छ।

सुपर सिक्समा पुगेको नेपालले २ खेलमा अङ्कबिहीन हुँदा उसको आगामी यात्रा असम्भव बनेको हो। नियम अनुसार आफूले हराएको टोली सुपर सिक्समा पुगेको मात्रै अङ्क जोडिन्छ। तर, नेपालले हराएको अफगानिस्तान सुपर सिक्समा नपुगेको हुँदा पाँचौ स्थानमा छ।

नेपालसँगै सुपर सिक्समा आयरल्यान्ड, न्यूजिल्यान्ड, भारत, पाकिस्तान र बङ्गलादेश छन् भने अर्को सुपर सिक्समा अस्ट्रेलिया, वेस्टइन्डिज, श्रीलङ्का, दक्षिण अफ्रिका, जिम्बावे र इङ्ग्ल्यान्ड छन्। 

प्रकाशित: १७ माघ २०८० ०१:१७ बुधबार

आइसीसी यू–१९ विश्वकप क्रिकेट सुपर सिक्स नेपाल बङ्गलादेश