खेल

आहा रारा गोल्डकपः अन्तिम क्वार्टरफाइनलमा पुलिस र चर्च ब्वाइज भिड्दै

पोखरामा जारी २३ औं संस्करणको आहा रारा पोखरा गोल्डकपअन्तर्गत आज अन्तिम क्वाटरफाइनल खेल हुँदैछ। 

आजको खेलमा नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुँदैछ। पोखरा रङ्गशालामा हुने यी दुई टोलीबीचको खेल दिउँसो २ः३० बजे सुरु हुनेछ।

आज हुने चर्च ब्वाइज र नेपाल पुलिस क्लबबीचको खेलको विजेताले बिहीवार त्रिभुवन आर्मी क्लबसँग दोस्रो समिफाइनल खेल्नेछ।

यसअघि सोमवार भएको तेस्रो क्वाटरफाइनल खेलमा मनाङ मर्स्याङ्दीविरुद्ध ‘सडन डेथ’मा ७–६ को जित निकाल्दै जावलाखेल युथ क्लबले सेमिफाइनलमा स्थान सुरक्षित गरेको थियो।

पहिलो सेमिफाइनल बुधवार जावलाखेल र थ्रिस्टार क्लबबीच हुनेछ।

माघ २० गते हुने फाइनल खेलका उपाधि विजेताले १२ लाख एक हजार र उपविजेताले रु छ लाख एक हजार पुरस्कार प्राप्त गर्नेछन्।

प्रकाशित: १६ माघ २०८० ०३:५६ मंगलबार

पोखरा २३ औं संस्करण आहा रारा पोखरा गोल्डकप क्वाटरफाइनल नेपाल पुलिस क्लब चर्च ब्वाइज युनाइटेड