खेल

यू-१९ विश्वकप क्रिकेटः अफगानिस्तानविरुद्ध पहिले फिल्डिङ्ग गर्दै नेपाल

आईसीसी यू–१९ विश्वकप क्रिकेटमा नेपालले अफगानिस्तानविरुद्ध पहिले फिल्डिङ्ग गर्ने भएको छ। टस जितेर अफगानिस्तानले नेपाललाई पहिले फिल्डिङ्गका लागि निम्तो दिएको हो।

समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल आज अफगानिस्तानलाई हराउँदै सुपर सिक्समा स्थान बनाउन चाहन्छ।  

नेपाल र अफगानिस्तानबीचको खेल अबको केहीबेरमा दक्षिण अफ्रिकाको बुफेलो पार्क इस्ट लन्डनमा सुरु हुँदैछ।  

यसअघिका २ खेलमा लगातार पराजित भएको नेपालले आज जित हात पारेन भने उसको यात्रा कठिन हुनेछ।  

अफगानिस्तान पनि आफ्ना अघिल्ला दुबै खेलमा पराजित भएको छ। समूह ‘डी’ मा रहेको दुबै टोली अङ्कबिहीन छन्।  

विजेता टोली सुपर सिक्स र पराजित हुने टोलीले १३ देखि १६ औं स्थानको लागि प्लेअफ खेल्नुपर्ने हुन्छ।

प्रकाशित: १२ माघ २०८० ०७:५९ शुक्रबार

आईसीसी यू–१९ विश्वकप क्रिकेट नेपाल अफगानिस्तान फिल्डिङ्ग सुपर सिक्स