खेल

आहा रारा गोल्डकपः आज आर्मी र राइजिङ स्टार भिड्दै

२३औं संस्करणको आहा रारा पोखरा गोल्डकप फुटबलको दोस्रो दिन आज विभागीय टिम त्रिभुवन आर्मी क्लब र राइजिङ स्टार फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ। पोखरा रङ्गशालामा हुने यी दुई टोलीबीचको खेल दिउँसो २ बजेदेखि सुरु हुनेछ।

आजको खेलमा जित्ने टोली सिधै क्वार्टरफाइनलमा प्रवेश गर्नेछ। र, माघ १४ गते डिफेन्डिङ च्याम्पियन संकटा क्लबको सामना गर्नेछ।

यसअघि मङ्गलवार भएको खेलमा आयोजक सहारालाई २–१ ले हराउँदै थ्रीस्टार क्वार्टरफाइनलमा पुगिसकेको छ। थ्रीस्टारले अब माघ १३ गते आमन्त्रित भुटानी टिम पारो एफसीसँग खेल्नेछ।

प्रकाशित: १० माघ २०८० ०२:०७ बुधबार

२३औं संस्करण आहा रारा पोखरा गोल्डकप फुटबल गोल्डकप त्रिभुवन आर्मी क्लब राइजिङ स्टार फुटबल क्लब पोखरा रङ्गशाला