खेल

सुदूरपश्चिमले कोशीलाई दियो ११९ रनको चुनौती

प्रधानमन्त्री कप महिला ट्वान्टी २० राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा सुदूरपश्चिम प्रदेशले कोसी प्रदेशलाई जीतका लागि एक सय १९ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदुरपश्चिमले निर्धारित २० ओभरमा तीन विकेट गुमाउदै एक सय १८ रनको योगफल बनायो। सुदुरपश्चिमका लागि बिन्दु रावलले सर्वाधिक ३३ रन बनाइन्। उनले ३९ बल खेल्दै पाँच चौका प्रहार गरिन्  त्यसैगरी सम्झना खड्काले २७ रन जोडिन भने कविता जोशीले २६ रन बनाइन्। रेवती धामीले २० तथा रुबी पोडारले २ रन बनाइन्।

कोसी प्रदेशका लागि सबनम राई र अपसरी बेगमले समान एक÷एक विकेट लिए। अहिले कोशी प्रदेश जवाफी ब्याटिङमा उत्रेको छ।  

प्रकाशित: १२ पुस २०८० ०५:५९ बिहीबार

प्रधानमन्त्री कप महिला ट्वान्टी २० राष्ट्रिय क्रिकेट प्रतियोगिता प्रधानमन्त्री कप महिला ट्वान्टी २० राष्ट्रिय क्रिकेट सुदूरपश्चिम प्रदेश कोसी प्रदेश