खेल

एनएसएलः इलिमिनेटरमा आज साविक विजेता काठमाडौं र ललितपुर भिड्दै

नेपाल सुपर लिग (एनएसएल) को इलिमिनेटरमा आज साविक विजेता काठमाडौं रेजर्स र ललितपुर सिटी एफसीबीच प्रतिस्पर्धा हुँदैछ।

दशरथ रङ्गशालामा हुने काठमाडौँ र ललितपुरबीचको खेल साँझ ५ः३० बजे सुरु हुनेछ। आजको खेलमा विजेता बन्ने टोलीले फाइनलमा पुग्न दोस्रो इलिमिनेटरमा पोखरा थन्डर्ससँग खेल्नेछ।

तेस्रो स्थानको काठमाडौंले आठ खेलबाट समान तीन खेलमा जित र बराबरीसँगै दुई खेलमा हारको नतिजासहित १२ अङ्क जोड्दै प्लेअफमा स्थान बनाएको हो भने चौथो स्थानको ललितपुरले लिग चरणमा दुई जित, चार बराबरी र दुई खेलमा हार बेहोरेर १० अङ्क जोडेको थियो।

एनएसएलको उपाधिका लागि धनगढीले भने स्थान सुरक्षित गरिसकेको छ।

प्रकाशित: १० पुस २०८० ०२:०५ मंगलबार

नेपाल सुपर लिग एनएसएल इलिमिनेटर साविक विजेता साविक विजेता काठमाडौं रेजर्स ललितपुर सिटी एफसी दशरथ रङ्गशाला विजेता फाइनल