खेल

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुँदैछ। कीर्तिपुर र मूलपानी खेल मैदानमा १४ दिनसम्म चल्ने प्रतियोगितामा ७ प्रदेश र एपीएफको  विभागीय टोलीसहित ८ टोली सहभागी हुनेछन्।

राष्ट्रिय खेलकुद परिषद्को वार्षिक कार्यक्रमअन्तर्गत प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता हुन लागेको हो। टी–२० ढाँचामा हुने खेलको आज पहिलो दिन चार खेल हुँदैछन्। अहिले साढे ९ बजे बागमती र मधेस प्रदेशबिच टीयू खेल मैदानमा उद्घाटन खेल हुनेछ। सोही समयमा एपीएफ र सुदूरपश्चिमबिच मुलपानी मैदानमा खेल हुने क्यानले जानकारी दिएको छ।

यस्तै गण्डकी र लुम्बिनीबिच त्रिवि मैदानमा दिउँसो सवा १ बजे खेल हुनेछ भने सोही समयमा कर्णाली प्रदेश र कोशी प्रदेशबिच मूलपानी मैदानमा खेल हुने क्यानले जनाएको छ। 

क्यानका सचिव पारस खड्काले राउण्ड रोविन लिगमा प्रतियोगिता गर्न लागेकाले हरेक टिमले धेरै खेल खेल्न पाउने र यसले  क्रिकेटरका लागि पनि अवसर प्रदान गर्ने बताए।

प्रकाशित: ५ पुस २०८० ०३:१० बिहीबार

प्रधानमन्त्री कप प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता महिला राष्ट्रिय क्रिकेट कीर्तिपुर मूलपानी राष्ट्रिय खेलकुद परिषद् प्रधानमन्त्री कप क्रिकेट