खेल

एसीसी अन्डर-१९ एसिया कप क्रिकेट:उपाधिका लागि दुबई र बङ्गलादेश भिड्दै

एसीसी १९ वर्ष मुनिको एसिया कप क्रिकेटको उपाधिका लागि आज दुबई र बङ्गलादेशबीच खेल हुँदैछ।

दुबईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा हुने आजको खेल बिहान ११ः१५ बजे सुरु हुनेछ।

बङ्गलादेशले सेमिफाइनलमा भारतलाई पराजित गरेर फाइनलमा स्थान सुरक्षित गरेको हो भने दुबईले पाकिस्तानलाई पराजित गरेर फाइनलमा स्थान सुरक्षित गरेको हो।

प्रकाशित: १ पुस २०८० ०४:५३ आइतबार

एसीसी १९ वर्ष मुनिको एसिया कप क्रिकेट क्रिकेट दुबई बङ्गलादेश दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम