खेल

नेपाल सुपर लिगः आज झापा एफसी र स्पोर्टिङ इलाम एफसी भिड्दै

तस्बिर सौजन्यः नेपाल सुपर लिग

काठमाडौँमा जारी दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज झापा एफसी र स्पोर्टिङ इलाम एफसीबीच प्रतिस्पर्धा हुँदैछ। दुवै टोली एनएसएलमा नयाँ हुन्। 

दशरथ रङ्गशालामा हुने दुबै टोलीबीचको खेल साँझ ५ः ३० बजे सुरु हुनेछ।

नयाँ टोली इलामले उद्घाटन खेलमा साविक विजेता काठमाडौं रेजर्ससँग १–० ले पराजित भएको थियो भने झापाको लागि आजको खेल सिजनको पहिलो खेल हुनेछ।  

प्रकाशित: ११ मंसिर २०८० ०२:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App