खेल

ओमानविरुद्धको खेलमा नेपालको मध्यम प्रदर्शन

आइसिसी ट्वान्टी–२० विश्वकप छनोटको फाइनल खेलमा नेपालले मध्यम सुरुवात गरेको छ। ओमानविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको नेपालले मध्यम सुरुवात गर्दै मध्यम प्रदर्शन गरिरहेको छ।

किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालले एकपछि अर्को गर्दै ४ विकेट गुमाइसकेको छ भने सय रन पनि कटाउन सकेको छैन। १२ ओभरको खेल सकिँदा नेपाल ४ विकेटको क्षतिमा ८७ रन बनाएर खेलिरहेको छ। अहिले मैदानमा नेपालका कप्तान रोहित कुमार पौडेल २० रन र गुलशन झा २३ रन बनाएर ब्याटिङ गरिरहेको छ।

कुशल भुर्तेलले ३१ रन बनाउनुबाहेक अन्य खेलाडीले २० रन पनि कटाउन सकेनन्।

नेपालका ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले २२ बलमा ३१ रन बनाए भने अर्का ओपनर ब्याट्सम्यान आशिफ शेख ६ रनमा आउट भए। जबकी सन्दिप जोरा १० रन बनाएर आउट भए भने कुशल मल्ल ३ रनमै पबेलियन फर्केका छन्।

प्रकाशित: १९ कार्तिक २०८० ०६:१७ आइतबार

आइसिसी ट्वान्टी–२० विश्वकप गुलशन झा रोहित कुमार पौडेल