खेल

२०–२० क्रिकेट विश्वकप छनोट सेमिफाइन: नेपालविरुद्ध युएईले पहिले ब्याटिङ गर्दै

आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटको सेमिफाइनल खेलमा नेपालविरुद्ध युएईले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।

मूलपानी क्रिकेट मैदानमा अहिले ११ बजे हुने सेमिफाइनल खेलमा युएई र नेपालबीच प्रतिस्पर्धा हुनेछ।

घरेलु मैदानमा हुने आजको खेलमा जित हात पार्दै नेपाल ट्वान्टी–२० विश्वकपको यात्रा तय गर्न चाहन्छ भने युएई पनि आफ्नो ट्वान्टी–२० विश्वकपको यात्रा तय गर्ने लक्ष्यसहित मैदान उत्रने छ।

प्रकाशित: १७ कार्तिक २०८० ०४:५१ शुक्रबार

आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोट सेमिफाइनल खेल नेपाल युएई मूलपानी क्रिकेट मैदान