खेल

गोठालेपर्वका अवसरमा दौड प्रतियोगिता

पूर्वी नेपालका थारुहरूले मनाउने गोठाले, शुखरात लगायतका पर्वका अवसरमा थारु कल्याणकारीणी सभा मोरङले दौड प्रतियोगिता आयोजना गर्ने भएको छ। विराटनगरमा कात्तिक १८ गते दौड प्रतियोगिता आयोजना गर्न लागिएको थारु कल्याणकारिणीसभा मोरङले बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो।  

थारुकल्याणकारिणी सभा मोरङका सभापति विद्यानन्द माझीले थारुहरूले मनाउने विभिन्न चाडसँगै दिपावली, छैठलगायतका पर्वको अवसरपारेर दौड प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिए। माझीले  ५ किलोमिटर लामो दौड प्रतियोगितामा १६ वर्ष देखि ३० वर्ष उमेर समूहका थारु  युवायुवती सहभागि हुने छन्।

विराटनगरको तीनपैनी चोकबाट आयोजना हुने प्रतियोगिता ठूलोमिल चोक, कञ्चनवाडी, वरगाछि हुँदै तीन पैनी चोकमा आएर समापन हुनेछ।  प्रतियोगितामा प्रथम स्थान हाँसिल गर्ने प्रतियोगिले ५ हजार, दोस्रोले ४  हजार र तेस्रो स्थान प्राप्त गर्नेले ३ हजार रुपैयाँ नगद पुरस्कार, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन्।समापन कार्यक्रममा थारु समुदायका विभिन्न क्षेत्रमा उत्कृष्ठ काम गर्ने व्यक्तित्वहरूलाई सम्मान पनि गरिने सभापति माझीले जानकारी दिए। 

प्रकाशित: १६ कार्तिक २०८० १५:४६ बिहीबार

गोठालेपर्वका अवसरमा दौड प्रतियोगिता