खेल

विश्वकप क्रिकेटः श्रीलङ्काविरुद्ध इङ्ल्यान्ड १५६ रनमै अलआउट

विश्वकप क्रिकेटमा श्रीलङ्काविरुद्ध  इङ्ल्यान्ड १५६ रनमै अलआउट भएको छ।  

भारतको बैङ्गलुरुस्थित एम चिन्नास्वामी स्टेडियममा दिउँसो २ः१५ बजे सुरु भएको यो खेलमा  इङ्ल्यान्डले टस जितेर पहिला व्याटिङ गर्दै ३३ दशमलब २ ओभरमा १५६ रन बनाउँदा अल आउट भएको हो । 

इङ्ल्यान्डका बेन स्टोक्स ४३ रनमा, जॉनी बेयरस्टो  ३० रनमा,  डाविड मलान २८ रनमा , जो रूट  ३ रनमा तथा   लियम लिविंगस्टन १ रनमा आउट भए । त्यसैगरी कप्तान जॉस बटलर ८ रनमा, मोईन अली १५ रनमा, डेविड विली १४ रनमा आदिल रशीद २ रनमा तथा मार्क वुड ५ रनमा आउट भए।

श्रीलंकाको लागि लाहिरू कुमाराले ३ विकेट तथा कसुन रजिता र एंजलो मैथ्यूज दुई दुई विकेट लिए।

साविक विजेता इङ्ल्यान्ड जोस बटलरको कप्तानीमा मैदान उत्रदा श्रीलङ्का कुशल मेन्डिसको कप्तानीमा मैदान उत्रेको  छ।

साविक विजेता इङ्ल्यान्डले जारी सिजनको खेलमा खासै राम्रो प्रदर्शन गरेको छैन। हालसम्म ४ खेल खेलेको इङ्ल्यान्डले १ मा मात्रै जित हात पारेको छ र अङ्क तालिकाको पुछारबाट तेस्रो स्थानमा रहेको छ।

यस्तै श्रीलङ्काले पनि जारी प्रतियोगितामा कमजोर प्रदर्शन गर्दै आएको छ। समान ४ खेल खेलेको श्रीलङ्काले १ मा मात्रै जित हात पारेको छ। तर, रनरेटको आधारमा भने श्रीलङ्का अङ्क तालिकाको पुछारबाट चौथो स्थानमा रहेको छ।

प्रकाशित: ९ कार्तिक २०८० ११:४८ बिहीबार

विश्वकप क्रिकेटः श्रीलङ्काविरुद्ध इङ्ल्यान्ड १५६ रनमै अलआउट