खेल

फिफा महिला विश्वकपको फाइनल आजः इंग्ल्याण्ड र स्पेन भिड्दै

फिफा महिला विश्वकपको उपाधिका लागि आज इंग्ल्यान्ड र स्पेनबीच प्रतिस्पर्धा हुँदैछ। खेल सिड्नीस्थित स्टेडियम अस्ट्रेलियामा नेपाली समय अनुसार पौने चार बजे सुरु हुनेछ।  

यस वर्ष फाइनलमा पुगेका दुबै टिम नयाँ हुन्। आजको खेल जसले जिते पनि विश्वकपले नयाँ च्याम्पियन पाउनेछ।  सेमिफाइनलमा घरेलु टोली अस्ट्रेलियालाई ३ १ गोलले पराजित गर्दै इंग्ल्यान्ड उपाधि नजिक पुगेको हो। भने स्पेनले स्विडेनमाथि २-१ गोलकाे जित हात पारेको थियो। 

विश्वकपको तेस्रो स्थान भने स्विडेनले चौथो पटक जितेको छ। शनिबार ब्रिसबेनमा आयोजक राष्ट्र अस्ट्रेलियालाई पनि स्विडेनले २–० ले हराउँदै चौथो पटक महिला विश्वकपमा तेस्रो भएको हो।अहिलेसम्म अमेरिकाले चार, जर्मनीले दुई र जापान तथा नर्वेले एक-एक पटक विश्वकप जितेका छन्।

प्रकाशित: ३ भाद्र २०८० ०३:२७ आइतबार