खेल

एकदिवसीय वरीयतामा नेपाल एक स्थान तल झर्यो

नेपाली क्रिकेट टोली एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) वरीयतामा  १ स्थान तल झरेको छ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)ले जारी गरेको पछिल्लो वरीयतामा नेपाल १५ औं स्थानमा पुगेको छ। यस अघि नेपाल १४ औ स्थानमा रहेको थियो। १४ औ स्थान नेदरल्यान्ड्सले ओगटेको छ।

एकदिवसीय विश्वकप छनोटमा नेपालले ६ खेल मध्ये २ मा मात्र जित हात पारेसँगै वरीयतामा एक स्थान तल झरेको हो।

एकदिवसीय विश्वकपमा छनोट भएको नेदरल्यान्ड्सले वरीयता सुधार गरेर नेपाललाई पछि पारेको हो। 

एसोसिएट राष्ट तर्फ स्कटल्यान्ड शीर्ष स्थानमा रहेको छ। नेदरल्यान्ड्स दोस्रो र नेपाल तेस्रो स्थानमा रहेको छ। ताजा वरीयता अनुसार  अष्ट्रेलिया पहिलो , पाकिस्तान दोस्रो ,  भारत तेस्रो तथा न्युजिल्यान्ड चौथो स्थानमा रहेका छन्।

प्रकाशित: २६ असार २०८० १०:४२ मंगलबार

एकदिवसीय वरीयतामा नेपाल एक स्थान तल झर्यो