खेल

सन्दीपको मुद्दा पेशी आज

फाईल तस्बिर

क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दाको पेशी आज आईतबारलाई तोकिएको छ।तीन पटकको पेशी बिना सुनवाई स्थगित भएको थियो भने एउटा  पेशीमा बहस भएर  सकिएको थियो । आजको पेशीमा पनि सुनवाइ हुने कुरामा सन्दीपका कानून व्यवसायीहरू आशावादी छैनन्।  

यस अघि सन्दीप लामिछाने विरुद्धको मुद्धाफास्ट ट्र्याकमा लगेर छिटो फैसला गर्न सर्वोच्च अदालतले गत १५ फागुनमा जिल्ला अदालत काठमाडौंलाई निर्देशनात्मक आदेश दिएको थियो।

सन्दीपको मुद्दा किनारा नलाग्दा उनको व्यवसायिक क्रिकेटमा अप्ठेरो परेको छ । उनले विश्वका  धेरै जसो  अन्तर्राष्ट्रिय फ्रेन्चाइजहरु खेल्न नपाएर  आर्थिक रूपमा नोक्सानी व्यहोरिएको उनका समर्थहरु बताउँछन।यही मुद्धाका कारण सन्दीपले केन्द्रीय कारागारमा ९९ दिन विताएका थिए । जेलमा रहँदा उनले  राष्ट्रिय टिमका ४ खेल खेल्न पाएका थिएनन् ।

नेपालले आगामी १८ जूनदेखि ९ जुलाईसम्म हुने विश्वकपको ग्लोबल क्वालिफायर प्रतिस्पर्धा गर्दैछ । यो खेल अघि सन्दीपको मुद्धाको टुंगो लागे राम्रो हुने उनका समर्थक बताउँछन ।  

प्रकाशित: ७ जेष्ठ २०८० ०४:५२ आइतबार

सन्दीपको मुद्दाको पेशी आज सर्वोच्च अदालत