खेल

ए डिभिजन लिग : एफसी खुमलटारले जावलाखेललाई हरायो

शहिद स्मारक ए डिभिजन लिग फुटबलमा  एफसी खुमलटारले शीर्ष स्थानको जावलाखेल युथ क्लब हराएको छ। 

एन्फा कम्प्लेक्स सातदोबाटोमा आज भएको खेलमा जावलाखेललाई एफसी खुमलटारले ४-२ गोल अन्तरले हराएको हो।खुमलटारको जितमा स्टेफेन समिरले ह्याट्रिक गोल गरे । मेसुके ओलुमोउले थप एक गोल हाने।जावलाखेलका विनोद केसीले एक गोल फर्काए भने रोहित सुब्बाले एक आत्मघाती गोल गरे।

खुमलटारको यो पाँचौं जित हो।खुमलटारले १५ खेलमा १७ अंक जोडेको छ।जावलाखेलको यो पाँचौं हार हो। जावलाखेल १५ खेलमा २४ अंक जोडेर शीर्ष स्थानमा रहेको छ।

प्रकाशित: २२ वैशाख २०८० ११:४२ शुक्रबार

ए डिभिजन लिग एफसी खुमलटारले जावलाखेललाई हरायो एन्फा कम्प्लेक्स सातदोबाटो जावलाखेल युथ क्लब एफसी खुमलटार