नेपालले एसिसी प्रिमियर कपमा ओमानसँग टस हारेर ब्याटिङ गरिरहेको नेपाललाई पहिलो झट्का लागेको छ। ओपनर कुशल भूर्तेल शुन्यमै आउट भएका छन्।
खराब सुरुवात गरेको नेपालले तेस्रो ओभर खेलिरहँदा कुनै रन बनाएको छैन।
नेपालको पहिलो विकेट ओमानका बिलाल खानले लिए। किफायती बलिङ गरिरहेको ओमानले कुनै रन दिएको छैन। अहिले कुशलको ठाउँमा भीम सार्की आएका छन्।
प्रकाशित: ८ वैशाख २०८० ०३:३५ शुक्रबार