आइसिसी विश्वकप लिग–२ अन्तर्गत युएईविरुद्ध नेपालले कमजोर शुरुवात गरेको छ । पहिलो पाँच ओभर भित्रमै नेपालले महत्वपूर्ण दुई विकेट गुमाएको छ।
पहिलो विकेटको रुपमा शुरुवाती व्याट्सम्यान आसिफ शेखलाई ० तथा कुसल भुर्तेललाई ८ रनमा गुमाएको हो ।
नेपाली ओपनर आशिफ शेख दोस्रो ओभरमै आउट भए । त्यसैगरी कुसल भुर्तेल ४ दशमलब ३ ओभरमा १५ बलको सामना गर्र्दै १ चौक्कासहित ८ रन बनाएर आउट भए । अहिले कुसल मल्ल र कप्तान रोहित पौडेल क्रिकजमा छन । नेपालले ताजास्थीतमा ७ ओभरम २ विकेट गुमाएर २२ रन बनाएको छ । कुसल मल्ल ९ रन तथा रोहित ५ रन बनाएर खेलिरहेका छन ।
युएईविरुद्ध नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो । आज टिमबाट करण केसी र ज्ञानेन्द्र मल्ल बाहिरिएका छन्। टिममा ललित राजवंशी र गुल्शन झाले स्थान बनाएका छन्।
नेपाली टिम
रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, सोमपाल कामी, कुशल भुर्तेल, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, आरिफ शेख, गुल्शन झा र सन्दीप लामिछाने।
प्रकाशित: २८ फाल्गुन २०७९ ०४:१७ आइतबार