खेल

आइसिसी विश्वकप लिग–२: नेपाल र यूएईबीच आज खेल हुँदै

फाइल तस्विर

आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय श्रृखला अन्र्तगत आज नेपाल र युनाइटेड अरव इमिरेट्स (युएई) बीच खेल हुँदैछ।  

आज विहान क्रितिपुर क्रिकेट मैदानमा ९ :३०  बजे देखि खेल शुरु हुनेछ।  

घरेलु टोली नेपाल आफ्नो जितलाई  निरन्तरता दिँदै युएईलाई हराउँदै आगमी चार वर्षको लागि एक दिवसीय मान्यता कायम राख्ने सोचमा खेल्न चाहन्छ। नेपाल ३३ खेलमा १६ मा जित र १५ मा हारसहित ३४ अंकका साथ पाँचौं स्थानमा छ। अमेरिका ३६ खेलमा १६ मा जित र १७ मा हारसहित ३५ अंकका साथ चौथो स्थानमा छ।

यता युएई ३३ खेलमा १४ मा जित र १६ मा हारसहित ३१ अंकका साथ छैटौं स्थानमा हुनेछ। युएईलाई शीर्ष पाँचमा रहँदै ओडिआई मान्यता जोगाउन बाँकी तीनै खेल जित्नुपर्ने हुन्छ । नेपालसँग पराजित भएमा ओडिआई मान्यता सोझै प्राप्त गर्ने अवसर निकै कठिन बन्नेछ।  

 नेपालले पछिल्ला ९ मध्य ८ खेलमा जित हात पारेको छ । पछिल्ला पाँच घरेलु मैदानमा नेपाल पराजित भएको छैन। युएईले पछिल्ला १० खेलमा २ मा मात्रै जित हात पारेको छ। नेपाललाई सोझै विश्वकप छनोट खेल्न बाँकी तीनै खेल जित्नुपर्ने हुन्छ । युएई भने शीर्ष तीन दौडबाट बाहिरिएको छ।

नेपाल र युएईबीच ११ चोटी एकदिवसीय खेल भएको छ । जसमा नेपाल ५ खेलमा जित र ६ खेलमा पराजित भएको छ। नेपालले लिग २ मा युएईसँग चार खेल खेल्दा एक खेलमा मात्रै हराएको छ । पछिल्ला पाँच खेलमा नेपालले तीन खेलमा हराएको छ।

प्रकाशित: २८ फाल्गुन २०७९ ०१:५४ आइतबार