खेल

केपी ओली कप: सातदोबाटोलाई हराउँदै मच्छिन्द्र विजयी

केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको उपाधि मछिन्द्र फुटबल क्लबले जितेको छ।

दशरथ रंगशालामा बुधबार भएको फाइनलमा सातदोबाटो युथ क्लबलाई पेनाल्टी सुटआउटमा ५-३ गोल अन्तरले हराउँदै मछिन्द्र च्याम्पियन बनेको हो।

खेलको ९० औँ मिनेटसम्म दुबैबिच एक-एक गोलको बराबरी भएको थियो। खेलको ५ औँ मिनेटमा मच्छिन्द्रका लागि अफिज ओलावाले गोल गरेका थिए भने १८ औँ मिनेटमा सातदोबाटोमा लागि जोर्डन जुनियर एन ओवाना एक गोल गरेका थिए।

प्रतियोगिताको विजेता मछिन्द्र फुटबल क्लबले १० लाख र उपविजेता सातदोबाटो युथ क्लब ले पाँच लाख रुपैयाँ पुरस्कार पाउनेछन्।

 प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले एक लाख रुपैयाँ नगद पुरस्कार जित्नेछन्। विधागत रूपमा उत्कृष्ट गोलकिपर र फरवार्डले समान ५० हजार रुपैयाँ नगद पुरस्कार पाउँनेछन्। उदीयमान खेलाडीले ५० हजार रुपैयाँ पुरस्कार पाउने। 

प्रकाशित: १७ फाल्गुन २०७९ १३:२८ बुधबार