खेल

दशौं राष्ट्रिय खेलकुद : महिला बास्केटबलमा सुदूरपश्चिम र पुलिस विजयी

कर्णाली प्रदेशमा जारी महिला बास्केटबलतर्फ बुधबार दुई वटा खेल सम्पन्न भएका छन्।

बुधबार बिहान सम्पन्न दुई वटा खेलमा सुदूरपश्चिम प्रदेश र नेपाल पुलिस क्लब विजयी भएका छन्।  फुल-कोर्ट (५×५) महिला बास्केटबलतर्फ पहिलो खेलमा नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई ५२-२९ को अन्तरले पराजित गरेको हो।

यस्तै दोस्रो खेलमा फुल-कोर्ट (५×५) महिला बास्केटबलतर्फ सुदूरपश्चिम प्रदेश र मधेश प्रदेशबिच प्रतिस्पर्धा भएको थियो। उक्त खेलमा सुदूरपश्चिमले विजयी हासिल गरेको छ। सुदूरपश्चिम प्रदेशले मधेश प्रदेशलाई ४७-३ फराकिलो अन्तरले पराजित गरेको हो।

दिउँसो महिला बास्केटबलतर्फ (३×३) विधाका खेलहरू सञ्चालन हुनेछन्।

प्रकाशित: ९ मंसिर २०८३ १२:५९ बुधबार