दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत कर्णाली प्रदेश फुटबलको लिग चरणबाटै बाहिरिएको छ।
बिहीबार गण्डकी प्रदेशले कर्णालीलाई ५–० ले पराजित गरेको हो। यो सँगै कर्णाली प्रतियोगिताबाट बाहिरिएको छ।
कर्णाली यसअघि नेपाल पुलिस क्लबसँग पराजित भएको थियो। पुलिसले कर्णालीलाई ३–० को गोल अन्तरले पराजित गरेको थियो।
गण्डकीका लछु थापाले खेलको १६ औँ मिनेटमा पहिलो गोल गरेका थिए। त्यसै गरी खेलको २५ औँ र ३३ औँ मिनेटमा गण्डकीका आशिष गुरुङले दुई गोल थपे।
गण्डकीका सुदिप गुरुङले खेलको दोस्रो हाफको ५७ औँ मिनेटमा एक गोल तथा अन्तिम समयमा गण्डकीका टेगराज गुरुङले एक गोल थपेका थिए।
गण्डकीका रन्दिप पौडेल, यामबहादुर श्रेष्ठ र कर्णालीका दिलविजय शाहीले पहेँलो कार्ड पाएका थिए।
आजै दिउँसो २ः३० बजे विभागीय टोली सशस्त्र प्रहरी बलको (एपीएफ) र मधेस प्रदेशबिच खेल हुनेछ।
प्रकाशित: १० मंसिर २०८३ ११:३६ बिहीबार



