आइसीसी यू–१९ पुरुष विश्वकपको एसिया छनोट खेलमा नेपालले विरुद्धको खेल जित्न २६२ रन पछ्याएको सिंगापुरपुरको तेश्रो विकेट झरेको छ । ताजास्थीतीमा सिंगापुरले २१ ओभरको समाप्तीमा तीन विकेटको क्षतीमा ४९ रन बनाएर खेली रहेको छ।
तेश्रो विकेट लिने क्रममा नेपालका बलर सुभाष भण्डारीले सिंगापुरका व्याट्सम्यान माथियु भाटियालाई निजी ३ रनमा आउट गरे । तेश्रो विकेट झर्दा सिंगापुरले १३ दशमलब ३ ओभरमा ३ विकेटको क्षतिमा जम्मा ३० रन मात्र बनाउन सकेको थियो। यस अघि२ दशमलब ३ ओभरमा नेपालका हेमन्त धामीले पहिलो विकेट लिने क्रममा सिंगापुरका शुरुवाती व्याट्सम्यान रहिल खानलाई सुन्य रनमा आउट गरे । रहिलले १० बलको सामना गरेर पनि कुनै रन जोड्न सकेनन । पहिलो विकेट झर्दा सिंगापुरले १ रन मात्र बनाउन सकेको थियो । त्यसैगरी सिंगापुरको दोश्रो विकेट ११ दशमलब ३ ओभरमा झर्यो। दोश्रो विकेट नेपालका कप्तान देव खनालले सिंगापुरका अर्जुन नाम्गाललाई रन आउट गरे । दोश्रो विकेटको क्षति हुँदा सिंगापुरको जम्मा २६ रनमात्र थियो।
यस अघि नेपालले युएईको इर्डेन गार्डेन्स मैदानमा भएको खेलमा टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारीत ५० ओभरमा ७ विकेट गुमाएर २६१ रन बनाएको हो ।नेपालका लागि सबै भन्दा वढि आकाश त्रिपाठीले एक सय बलको सामना गरेर १ छक्का र ७ चौक्का प्रहार गरी ७८ रन बनाए । त्यसैगरी विशाल विक्रम केसीले ५४ बलमा २ छक्का र ४ चौक्का संगै अविजित ६३ रन बनाए ।त्यसैगरी अर्जुन कुमालले ३७ रनको योगदान दिए । त्यसैगरी कप्तान देव खनालले २१, दिपक बोहोराले १७ र दिपक प्रसाद डुम्म्रेले १० रन बनाए सिंगापुरका लागि आर्यभिर चौधरी र अबुदय चाहजेरले दुई दुई विकेट लिए । त्यसैगरी आदित्य र महियुले एक एक विकेट लिए ।
प्रकाशित: १२ फाल्गुन २०७९ १०:४४ शुक्रबार