सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज भएको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले एरआरटीलाई हराउँदै सेमिफाईनलमा पुगेको हो ।
निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय सिधै टाइब्रेकरबाट लिइएको थियो । टाइब्रेकरमा त्रिभुवन आर्मी क्लबले एनआरटी क्लबलाई ५–४ गोलबाट हराउँदै सेमीफाईनलमा पुगेको हो । आजै तेस्रो क्वाटरफाइनलमा मच्छिन्द्र क्लब र चर्च ब्वाइज युनाइटेडबीच खेल हुनेछ ।
भोली हुने अन्तिम क्वाटरफाइनलमा आयोजक केपी ओली क्लब र जावलाखेल युथ क्लबबीच खेल हुनेछ ।यस अघि हिजो उद्घाटन खेलमा सातदोबाटोले नेपाल पुलिस क्लबलाई २–१ ले हराएर सेमीफाईनलम पुगीसकेको छ ।
यो प्रतियोगितामा विजेताले उपाधिसहित १० लाख र उपबिजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ । हरेक खेलको विजेताले २५ हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ लाख, उदियमान खेलाडी, सर्वाधिक गोलकर्ता, गोलरक्षकले समान ५० हजार, हरेक खेलको म्यान अफ दी म्याचले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रकाशित: १२ फाल्गुन २०७९ ०९:२१ शुक्रबार