खेल

स्कटल्याण्डविरुद्ध नेपाललाई पाँचौ सफलता, सन्दीप एक्लैले चार विकेट लिए

आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय श्रृखला अन्र्तगत आज  स्कटल्याण्डविरुद्ध नेपालले पाँचौ  विकेट लिएको छ ।  

पाँचौ विकेट लिनेक्रममा नेपालका स्पीन बलर सन्दीप लामिछानेले  स्कटल्याण्डका थोमसम्याकन्टसलाई १ रनमा आउट गरे । यस अघि सन्दीप लामिछानेले पहिलो दोश्रो र तेश्रो विकेट लिएर यस श्रृखलमा आफ्नो विकेट संख्या १३ पुराएका छन ।स्कटल्याड ताजास्थीतीमा २६ओभर पाँच विकेट गुमाएर १३३ रन बनाएर खेलीरहेको छ । चौथो विकेट कुसल मल्लले लिएका हुन ।  

रिची बेरिंगटन क्रितिपुर क्रिकेट मैदानमा आज बिहान ९ बजे देखि शुरु भएको यो खेलमा  नेपालले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ । यस श्रृखलामा नेपालले चारै खेलमा टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ । पहिला बलिङ गरेको खेलमा प्राय विजयी भएको पाईएको छ । 

प्रकाशित: ९ फाल्गुन २०७९ ०५:०९ मंगलबार