इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले वेस्ट ह्याम युनाईटेडसँग बराबरी खेलेको छ।
शनिबार राति लण्डन स्टेडियममा भएको खेलमा चेल्सी वेस्ट ह्याम सँग १-१ गोलको बराबरीमा रोकिएको हो।
घरेलु मैदानमा एक गोलको सुरुवाती अग्रता जोगाउन नसक्दा चेल्सीले वेस्ट ह्यामसँग अंक बाँडेको हो।
खेलको १६ औं मिनेटमा जोआ फेलिक्सले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। तर, खेलको २८ औं मिनेटमा इमर्सन पाल्मेरीले गोल गर्दै वेस्ट ह्यामलाई १-१ गोलको बराबरीमा ल्याए।
खेलको ८३ औं मिनेटमा वेस्ट ह्यामका थोमस सोसेकले गरेको गोल भीएआरले अफसाइड देखाएपछि उनको गोलले मान्यता पाएन।
यस बराबरीसँगै चेल्सी २२ खेलमा ३१ अंक जोड्दै नवौं स्थानमा छ। वेस्ट ह्याम २० अंक जोडेर १५ औं स्थानमा रहेको छ।
प्रकाशित: २९ माघ २०७९ ०२:३७ आइतबार