खेल

आर्सनललाई हराउँदै म्यानचेस्टर सिटी ‘एफए कप’ को पाँचौं चरणमा प्रवेश

आर्सनललाई पराजित गर्दै म्यानचेस्टर सिटी ‘एफए कप’ फुटबलको पाँचौं चरणमा प्रवेश गरेको छ।

शुक्रबार राति सम्पन्न खेलमा आर्सनललाई १-० गोल अन्तरले हराउँदै सिटी पाँचौं चरणमा प्रवेश गरेको हो।  

सिटीलाई जित दिलाउन नाथन एकेले ६४ औं मिनेटमा गरेको एक गोल नै निर्णायक बन्यो।

पराजित आर्सनल भने चौंथो चरणबाट बाहिरिएको छ।

प्रकाशित: १४ माघ २०७९ ०३:३० शनिबार

म्यानचेस्टर सिटी ‘एफए कप’ आर्सनल