खेल

मैत्रीपूर्ण खेलमा मेसीको टिमले रोनाल्डोको टिमलाई हरायो

अर्जेन्टीनी खेलाडी लियोनल मेसीको क्लब  पेरिस सेन्ट जर्मेन (पिएसजी)ले क्रिस्टियानो रोनाल्डोको क्लब अरेबयन अल नासर र अल हिलालसम्मिलिति अल स्टार्सलाई हराएको छ।  

बिहिबार राती भएको खेलमा पिएसजीले अरेबयन अल नासर र अल हिलालसम्मिलिति अल स्टार्सलाई ५–४ गोलबाट हराएको हो।

पिएसजीको लागि लियोनल मेसी, मार्किन्होस, सर्जियो रामोस, केलियन एम्बाप्पे र हुगो एकिटिकेले एक एक गोल गरेका थिए। रियाद अल स्टार्सको लागि कप्तान क्रिस्टियानो रोनाल्डोले दुई तथा ह्युन सु जाङ र एन्डर्सन टालिस्काले समान एक गोल गरे।

फ्रेन्च लिग वान पिएसजी अहिले एसिया भ्रमणमा छ। पिएसजी टोली कतार हुँदै साउदी अरेबिया भ्रमणमा पुगेको हो।  विश्वकपपछि कीर्तिमानी मुल्यमा रोनाल्डो साउदी अरेबियन क्लब अल नासर अनुबन्ध भएका हुन।  

प्रकाशित: ६ माघ २०७९ ०८:३० शुक्रबार