खेल

नेपाल टीट्वान्टी क्रिकेट लिगमा पोखराद्वारा लुम्बिनी पराजित

नेपाल टीट्वान्टी क्रिकेट लिगमा पोखरा एभेन्जर्सले लगातार दोस्रो जित हात पारेको छ ।क्रितिपुर क्रिकेट मैदानमा जारी रहेको नेपाल टी(ट्वान्टी क्रिकेट लिगमा  आज पोखराले लुम्बिनी अल स्टारलाई ९ विकेटले पराजित गर्दै दोश्रो जित निकालेको हो । यो हारसँगै लुम्बिनीको लगातार पाँच जितको यात्रा टुंगिएको छ । लुम्बिनीले यो प्रतियोगितामा पहिलो हार व्यहोरेको हो । 

यस अघि पहिला ब्याटिङ गरेको लुम्बिनीले १९दशमलव ५ ओभरमा सबै विकेट गुमाएर १ सय २७ रन बनायो । जवाफमा १ सय २८ रनको लक्ष्य पोखराले १८दशमलव २ ओभरमा १ विकेट गुमाएर पुरा गर्यो ।पोखरालाई जित दिलाउने क्रममा आरिफ शेख र आसिफ शेख दुई दाजुभाइले दोस्रो विकेटका लागि ९५ रनको साझेदारी गरेका थिए । आसिफ ६२ बलमा ७७ रनमा अविजित रहँदा आरिफले अविजित २६ रन बनाए । सुमित मर्हजन १३ रनमा आउट भए । लुम्बिनीका लागि किशोर महतोले १ विकेट लिए । 

त्यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले १९दशमलव ५ ओभरमा अलआउट हुँदै १ सय २७ रन बनायो । लुम्बिनीका लागि हरमित सिंहले ३८ तथा श्याड्ली भानले १६ रन बनाए । सुनिल धमला १५ रनमा आउट हँदा योगेन्द्र सिंह कार्कीले १३ रन बनाए ।ह्यारी टेक्टर र कप्तान दीपेन्द्र सिंह ऐरीले समान दश दश  रन बनाए ।पोखराका लागि विपिन खत्री र जाहिर खानले समान तीन तीन  तथा आरिफ शेख,तुल बहादुर थापा र सिद्धान्त लोहनीले समान एक एक विकेट लिए । 

प्रकाशित: १६ पुस २०७९ ०९:१२ शनिबार