खेल

बेन्जेमाको दुई गोलमा रियल मड्रिड विजयी

स्पेनिस ला लिगा फुटबलमा रियल भालाडोलिटविरुद्ध रियल मड्रिडले जित निकालेको छ।

शुक्रबार राति सम्पन्न खेलमा रियलले भालाडोलिटलाई २-० गोल अन्तरले हराएको हो। रियललाई जिताउन जित दुवै गोल करिम बेन्जेमाले गरे।

उनले ८३ औं मिनेटमा गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाए। त्यस्तै उनले नै ८३ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरे।

सेर्जियो लोनले ८२ औं मिनेटमा रातो कार्ड पाएपछि भालाडोलिट १० खेलाडीमा समेटियो। जितसँगै रियल ३८ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ।

प्रकाशित: १६ पुस २०७९ ०५:१७ शनिबार

ला लिगा फुटबल