खेल

विराटनगरको जर्सी सार्वजनिक

अन्योलताका बीच नेपाल ट्वान्टी–२० लिगको फ्रेन्चाइज टोली विराटनगर सुपर किङ्सले भने आफ्नो टोलीलाई पूर्णता दिँदै जर्सी सार्वजनिक गरेको छ ।

बुधबार एक कार्यक्रमका बीच विराटनगरले वेस्ट इन्डिजका आन्द्रे मकार्थीलाई कप्तानको जिम्मेवारी दिएको हो। सोही अवसरमा टोलीले आफ्नो जर्सी पनि सार्वजनिक गरेको थियो।

विराटनगरका म्यानेजर राहुल शर्माले कप्तान घोषणा गरेका हुन्। उक्त टोलीका मार्की खेलाडी नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेल हुन्। विराटनगरमा ६ जना विदेशी खेलाडी छन्। जिम्बाब्वेका अलराउन्डर सिकन्दर राजा, पाकिस्तानका हुसेन टलत, जिम्बाब्वेका कप्तान मकार्थी, किओन जोसेफ, राज नान्नन र अमेरिकाका गौरान्सु शर्मा छन्।

१७ सदस्यीय टोलीमा नेपालका कप्तान रोहितसहित अर्जुन साउद, नन्दन यादव, विवेककुमार यादव, साहब आलम, अमरसिंह रौटेला, नारायण जोशी, सूर्य तामाङ, प्रदीपसिंह ऐरी, पृथु बास्कोटा र रिजन ढकाल छन्। विराटनगरको प्रशिक्षण वेस्ट इन्डिजकै लिनदेन फ्रासेरले सम्हाल्नेछन्। 

प्रकाशित: ७ पुस २०७९ ०२:५६ बिहीबार

विराटनगरको जर्सी सार्वजनिक विराटनगरका म्यानेजर राहुल शर्मा