नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले दिएको १७५ रनको विशाल लक्ष्य पछ्याएको विराटनगर किंग्सको इनिङ्स धरासायी बनेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जवाफी ब्याटिङ गरिरहेको विराटनगरले आधा इनिङ्स सकिँदा ५ विकेट गुमाएर मात्र ४७ रन जोड्न सकेको छ।
विराटनगरको सुरुवात निकै निराशाजनक रह्यो। पावरप्ले भित्रै ४ विकेट गुमाएर ३७ रन मात्र बनाएको टोलीले त्यसपछि पनि सुधारिएको प्रदर्शन गर्न सकेन।
चितवनका बलरसामु विराटनगरका शीर्ष क्रमका ब्याटरहरू निरीह साबित भए।
१० ओभरको खेल सकिँदा विराटनगरलाई जितका लागि अझै ६० बलमा १२८ रन आवश्यक छ। हाल टोलीको रन रेट ४.७० मात्र छ भने जित्नका लागि आवश्यक रन रेट १२.८० पुगिसकेको छ।
विराटनगरको ब्याटिङ लाइनअप धर्मराउँदा चितवन राइनोज खेलमा पूर्ण रूपमा हाबी भएको छ।
प्रकाशित: १० मंसिर २०८२ १८:४३ बुधबार