समाज

प्रधानमन्त्रीलाई गाली गरेर भिडियो बनाएको आरोपमा युट्युबर पक्राउ

प्रधानमन्त्री बालेन्द्र शाहलाई गालीगलौज गरेर भिडियो बनाएको आरोपमा एक जना युट्युबर पक्राउ परेका छन्।

प्रधानमन्त्री शाहलगायतका नेताहरूलाई अपमानजनक शब्द प्रयोग गरी भिडियो बनाएको आरोपमा पाँचथरको फाल्गुनन्द गाउँपालिका–७ घर भएका युट्युबर रोशन पोखरेल पक्राउ परेका हुन्।

उनले 'हेड्स' नामक युट्युब च्यानलबाट शाहलाई ‘भगवान्’ नभएको र ‘पुराना नेता सबै चोर हो’ भनेर भिडिओ बनाएका थिए।

उनलाई पक्राउ गरी जिल्ला अदालत पाँचथरबाट १० दिनको म्याद थप गरी साइबर अपराधसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

प्रकाशित: २९ चैत्र २०८२ ११:४१ आइतबार