समाज

मधेस भवन प्रवेश गर्न खोज्दै युवाहरू

आज बिहानैदेखि जनकपुरमा युवाहरू सरकारविरुद्ध प्रदर्शनमा उत्रेका छन्। उनीहरू प्रधानमन्त्रीको राजीनामा माग्दै मधेस प्रदेशको मुख्यमन्त्री कार्यालयमा पुगेका छन्।  

प्रहरीले उनीहरूलाई मधेस भवनमा प्रवेश गर्न नदिएपछि भवनमा ढुङ्गामुडा गरेका छन्।

बाटोको छेउमा रहेका भौतिक पूर्वाधार विकास मन्त्राल र शिक्षा तथा संस्कृति मन्त्रालयको सिसा फुटाएका छन्। प्रदर्शनकारी युवाहरूले सशस्त्र प्रहरीको गाडी समेत तोडफोड गरेका छन्।

अहिले मधेस भवनको सुरक्षामा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ।  

प्रधानमन्त्रीको राजीनामा माग्दै युवाहरू मधेस भवनका अगाडि नाराबाजी गरिरहेका छन्।

सोमबार १९ जनाको ज्यान जानेगरी भएको प्रदर्शनपछि आज पुन: देशभर प्रदर्शन भइरहेको छ।

प्रकाशित: २४ भाद्र २०८२ ११:३४ मंगलबार