चितवनमा मोटरसाइकल अनियन्त्रित भएर एक युवकको मृत्यु भएको छ। खैरहनी नगरपालिका २ जनजीवन टोल स्थित भित्री सडकमा राती १२:२० बजेको समयमा बागमती प्रदेश ०३–००५ प ४३०२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा एक युवकको मृत्यु भएको हो।
मृतक २२/२३ वर्षीय जस्तो देखिएपनि पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रविन्द्र खनालले जानकारी दिए। दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा भरतपुर अस्पतालमा राती १:१३ बजे मृत्यु भएको थियो।
मोटरसाइकल अहिले इलाका प्रहरी कार्यालय खैरहनीको नियन्त्रणमा रहेको प्रहरीले जानकारी दिएको छ।
प्रकाशित: ५ कार्तिक २०८२ ०८:२७ बुधबार