समाज

तीनकुनेमा मृत भेटिए युवायुवती

सांकेतिक तस्बिर

तीनकुनेमा युवायुवती मृत भेटिएका छन् । एउटै पासोमा झुन्डिएको अवस्थामा भेटिएका उनीहरुको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।  

घरभित्र मृत भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।  

शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको जानकारी दिँदै प्रहरीले घटनाबारे अनुसन्धान सुरु भएको उल्लेख गरेको छ ।

प्रकाशित: २६ भाद्र २०८२ १३:११ बिहीबार