राजापुर नगरपालिका-४ स्थित सत्तिघाट पुलबाट कर्णाली नदीमा हामफालेका युवकको प्रहरीले सकुशल उद्धार गरेको छ।
राजापुर नगरपालिका-३ टेडियाका २३ वर्षीय पुजन चौधरीलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले शनिबार साँझ ७ बजे सकुशल उद्धार गरेको हो।
पौने ६ बजे युवकले पुलबाट कर्णाली नदीमा हामफाली नदीको बिचको टापुमा बसेको खबर प्राप्त हुन साथ इलाका प्रहरी कार्यालय राजापुरबाट प्रहरी नायव निरीक्षक झबिन्द्रप्रसाद आचार्यको नेतृत्वमा ८ र सिमा सुरक्षा गुल्म राजापुरबाट सशस्त्र प्रहरी नायव उपरीक्षक प्रकाश भट्टको नेतृत्वमा ७ जनाको उद्धार टोली खटिएको थियो।
रबर बोटको सहायताले युवकको सकुशल उद्धार गरी आफन्तको जिम्मा लगाएको सशस्त्र प्रहरी उपरीक्षक दिनेशकुमार महतले जानकारी दिए।
प्रकाशित: २५ आश्विन २०८३ ०९:१६ आइतबार