समाज

ज्यान मार्ने उद्योगमा छ वर्षदेखि फरार आरोपी पक्राउ

ललितपुर प्रहरीले मोरङ जिल्ला पथरी बस्ने दीपक लिम्बूलाई कर्तव्य गरी फरार रहेका शनिश्चरे नगरपालिका–१० का दोर्जे भन्ने मेन दोर्जे तामाङलाई पक्राउ गरेको छ।

विसं २०७६ चैत ९ गते कर्तव्य गरी फरार रहेका दोर्जेलाई ललितपुर महानगरपालिका–२२ बुङ्गमतीबाट मङ्गलबार पक्राउ गरी मोरङ पठाइएको ललितपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक चक्रराज जोशीले बताए।

छ वर्षदेखि फरार भएका तामाङलाई सुराकीको आधारमा निजकी दिदी अनु तामाङको निवासबाट प्रहरी प्रभाग भैँसीपाटीका इञ्चार्ज एवं प्रहरी निरीक्षक शशीधर शर्मा नेतृत्वको टोलीले पक्राउ गरेको थियो।

आफ्नो स्थायी ठेगाना समेत बदली लुकिछिपी बसेको अवस्थामा उनी पक्राउ परेका प्रवक्ता जोशीले बताए। उनकाे अनुसार मानबहादुर लिम्बूको जाहेरीका आधारमा २०७७ वैशाख ३ गते निजमाथि पक्राउ पुर्जी जारी भएको थियो।

- रासस

प्रकाशित: ३२ असार २०८२ १३:३९ बुधबार

# Kala-yatra # Nagariknews