सुर्खेतको गुर्भाकोट नगरपालिका–९ भालुखोलामा ट्याक्टर दुर्घटना हुँदा एक मजदुरको मृत्यु भएको छ। कात्तिक ११ गते भालुखोलाबाट बालुवा लिएर खहरे खोलातर्फ जाँदै गरेको भे २ त ५९ नम्बरको ट्याक्टर अनियन्त्रित भई पल्टिँदा मजदुरको मृत्यु भएको हो।
दुर्घटनामा गुर्भाकोट नगरपालिका–९, बोटेचौर निवासी २८ वर्षीय बिमल रानाको मृत्यु भएको प्रहरीले जनाएको छ। ट्याक्टरको अगाडिको भाग पल्टिँदा च्यापिएर उनको घटनास्थलमै मृत्यु भएको हो।
दुर्घटनामा संलग्न ट्याक्टर चालक गुर्भाकोट नगरपालिका–२, खरिगैराका ४८ वर्षीय चन्द्रप्रकाश बिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रकाशित: १२ कार्तिक २०८३ ११:३५ बिहीबार